• ११ मंसिर २०८१, मङ्गलबार

नेपाली सेनाको गौरव

blog

नेपाली सेनाले चीनविरुद्ध सञ्चालित खम्पा विद्रोहीलाई तहसनहस पारेपछि माओत्सेतुङले भनेका थिए, “मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।” राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्धनमा सेनाले खेलेको भूमिकाले यसको पुष्टि गर्छ ।

नेपाली सेनाले स्थापनाको २६०औँ वर्ष मनाइरहेको छ । नेपालमा यति लामो इतिहास बोकेको समावेशी संस्था नेपाली सेना नै हो । राष्ट्रिय हित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रतिको बफादारी सेनाको स्थायी संस्कार र संस्कृति हो । राष्ट्र र नागरिकप्रतिको जिम्मेवारी निर्वाहमा उसले खेलेको भूमिका यसैको कडी हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी सुरक्षा अवस्थाको मध्यनजर गर्दै समयानुकूल सुदृढ, व्यावसायिक र आधुनिक सेना बनाउने गरी साङ्गठनिक कार्य अघि बढाइरहेको यहाँ स्मरणीय छ । 

तिब्बती खम्पाहरूले नेपाली भूमि प्रयोग गरी चिनियाँ सेनाविरुद्ध गुरिल्ला युद्ध (खम्पा विद्रोह) सुरु गरेका थिए । मुस्ताङ जिल्लामा बेस बनाइ गुप्त रूपमा अभ्याससमेत गर्न थालेपछि चीन सरकार तथा अन्तर्राष्ट्रिय समुदायको अनुरोधमा नेपाली सेना परिचालन भई खम्पा विद्रोहीलाई आत्मसर्मपण गर्न बाध्य पारेको थियो ।

नेपाल कब्जा गर्न अगाडि बढेको अङ्ग्रेज फौजलाई कालापानीमा रोक्न सफल नेपाली सेनाले चीनविरुद्ध सञ्चालित खम्पा विद्रोहीलाई तहसनहस पारेपछि माओत्सेतुङ्ले भनेका थिए, ‘मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।’ राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्धनमा सेनाले खेलेको भूमिकाले यसको पुष्टि गर्छ । 

नेपालको उत्तर पश्चिमका हिमाली जिल्ला डोल्पा, मुगु, जुम्लामा खम्पाविरुद्धको अपरेसनमा नेपाली सेनाले प्राप्त गरेको सफलता विश्वमै चर्चित छ । भारतीय सिपाही विद्रोह, प्रथम विश्वयुद्ध,बाजरिस्थानको लडाइँ, अफगान युद्ध विश्वयुद्ध र हैदरावाद लडाइँमा भारतले नेपाली सेनाको सहयोग माग्नु परेको थियो ।

नेपाली सेनाको स्थापना 

नेपाली सेनाको इतिहास नेपाल एकीकरणसँग जोडिएको छ । जुन बेला यो सेना एकीकरणका नायक पृथ्वीनारायण शाहको सारथि बन्यो । वि.सं. १८०१ असोजमा नुवाकोट आक्रमण गरी पृथ्वीनारायणले सुरु गरेको एकीकरणको महाअभियानसँगै नेपाली सेनाको एकीकृत संरचना विकास हुन थालेको हो । 

पृथ्वीनारायणको शासनकालमा मकवानपुर राज्य विजयपश्चात् सेनाको सुदृढ जग बसेको इतिहास छ । नेपाल कब्जा गर्न आएको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनी –अङ्ग्रेज) फौजलाई नेपाली सेनाले मकवानपुर गढीमा पराजित गरी उनीहरूसँग रहेका हतियार नियन्त्रणमा लिएको थियो । त्यही लडाइँमा प्राप्त हतियार सङ्कलन गरी नेपाली सेनाले पहिलो पटक पाँचवटा कम्पनी तयार ग¥यो । जसमा श्रीनाथ कम्पनी, कालीबक्स कम्पनी, बर्दवाणी कम्पनी हाल बर्दबहादुर, सबुज कम्पनी र गोरख कम्पनी थिए । 

नेपाली सेनामा यी कम्पनी अहिले पनि उत्तिकै प्रभावकारी 

रहेका छन् । वि.सं. १८२४ मा अङ्ग्रेजहरूसँग सिन्धुलीमा भएको युद्धमा हातहतियार प्राप्त भएपश्चात् सैनिक सङ्गठनको थप विस्तार भएको पाइन्छ । नेपाली सेनाको सबलीकरण र विकासका क्रममा जनरल भीमसेन थापाको अग्रसरताले अर्को इँटा थप्यो । थापाले आफ्नो कार्यकालमा नेपाली सेनालाई थप परिस्कृत गरी ब्यारेकीकरण शुभारम्भ गरे । वि.सं. २००९ मा नेपाली सेनाको पुनर्संरचना भयो । 

नेपालको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बन्दै जाँदा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनले पनि सेनाको संरचना र सङ्गठनमा केही फेरबदल ल्याइए पनि नेपाली सेनाले आफ्नो मूल मर्मलाई कहिल्यै मर्न दिएन । सेनाले आफ्नो सैनिक चरित्र र व्यावसायिकतालाई थप निखार ल्याउँदै गयो । इतिहासको त्यही बल, परिश्रम र योगदानका कारण आज झन्डै एक लाखको आधुनिक नेपाली सेना निर्माण भएको छ ।

विश्वशान्ति स्थापनामा नेपाली सेना 

भौगोलिक अवस्थाले नेपाल सानो भए पनि विश्वमाझ महìवपूर्ण राष्ट्रको रूपमा चिनिएको छ । नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा सेनाको उपस्थिति र भूमिकाले पनि यसलाई पुष्टि गर्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा हाल छ हजार ५९ जना सैनिक तैनाथ रहेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउने मुलुकमध्ये नेपाल विश्वमै दोस्रो स्थानमा रहेको छ । 

विभिन्न द्वन्द्वग्रस्त ४४ वटा मुलुकमा शान्ति स्थापानर्थ अग्रपङ्क्तिमा खटिँदै आएको नेपाली शान्ति सैनिक विभिन्न द्वन्द्वग्रस्त मुलुकका नागरिकको भरोसाको केन्द्र त बनेकै छ । विद्रोहीका लागि नेपाली सेनाको ‘आइलाग्नेमाथि जाइलाग्न पछि पर्दैन’ भन्ने सन्देश संसारभर स्थापित छ । शान्ति मिसनमा खटिएका नेपाली सैनिकको निष्पक्षता, निडरता र व्यावसायिकताको संसारभरका सैनिक र नागरिकबाट प्रशंसा हुँदै आएको छ । 

द्वन्द्वमा फसेका विदेशी नागरिकको जीउधन रक्षाका लागि हालसम्म एक लाख ४४ हजार ५६५ सैनिक शान्ति विभिन्न शान्ति मिसनमा खटिइसकेका छन् । द्वन्द्वग्रस्त मुलुकमा खटिँदा हालसम्म ७२ सैनिकको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । जसमा नेपाली महिला शान्ति सैनिकको सङ्ख्या दुई हजार हजार ७१ जना छ ।

राष्ट्रसङ्घले सन् २०३० सम्म शान्ति सैनिकमा महिलाको सङ्ख्या १५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । नेपाली सेनाले महिला सैनिकको सङख्या क्रमशः वृद्धि गरी नौ प्रतिशत पुर्याएको छ ।

हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकका १२ वटा शान्ति मिसनमा खटिएका छ हजार ५९ जना नेपाली शान्ति सैनिकमा नेपाली महिला सैनिकको सङ्ख्या ५०६ अर्थात् नौ प्रतिशतको हाराहारीमा छ । सेनाले यसलाई क्रमिक रूपमा बढाउँदै लैजाने नीति लिएको छ । नेपालले हाल ११ वटा द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाएको छ । बङ्गलादेशले सबैभन्दा बढी छ हजार ७१० जना सैनिक शान्ति सेनामा खटाएको छ । नेपाल सरकारले शान्ति सेनामा हाल रहेको सङ्ख्यालाई झन्डै दोब्बर अर्थात् १० हजार पुर्याउने लक्ष्य राखेको छ । 

सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली पठाएर शान्ति सेनामा सहभागिता जनाएको थियो । नेपाली शान्ति सैनिकबाट नेपालले वार्षिक २१ अर्ब नेपाली रुपियाँ बराबर विदेशी मुद्रा नेपाल भित्रयाउने गरेका छन् । नेपालको अर्थतन्त्रका लागि यो रकम महत्वपूर्ण मानिन्छ । 

कल्याणकारी कार्य

सेनाले कल्याणकारी कोषमार्फत आफूलाई सामाजिक र सेवामूलक क्षेत्रमा पनि स्थापित गर्दै लगेको छ । कोषले प्रधानसेनापति कमाण्ड नीति तथा निर्देशन २०७८ मा उल्लेख भएअनुसार कल्याणकारी सहुलियतको दायरा क्रमशः विस्तार गरी हिताधिकारीको विश्वास पनि जितेको छ । कोषले बहालवाला र अवकाशप्राप्त सैनिक र तिनका परिवारको बृहत्तर हितमा विभिन्न कल्याणकारी काम गर्दै आएको छ । जसभित्र शिक्षा, स्वास्थ्य, औषधोपचार, बीमा, परिवार आवास, एकल महिला स्वरोजगार केन्द्र, कृषि व्यवसाय, आर्थिक सहायतालगायत विभिन्न सीप तथा व्यवसायमूलक तालिम पर्छन् । उसले यही अभियानअन्तर्गत झन्डै नौ लाख हिताधिकारीको सेवासुविधालाई ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आएको छ । सहुलियतपूर्ण आवास कर्जा, छात्रवृत्ति तथा निवृत्तिभरण सुविधा पुनरवलोकन, सबै प्रदेशमा सैनिक अस्पताल र फरक क्षमता भएका सन्ततिका लागि वरदान विद्यालय पछिल्ला उदाहरण हुन् । 

सेन्टर फर एक्सिलेन्स 

नेपाली सेनाले शान्ति सेनामा जाने सैनिकलाई विशेष तालिम दिने उद्देश्यले काभ्रेपलान्चोक पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र स्थापना गरेको थियो । सरकारले शान्ति सेनामा थप सैनिक पठाउने गरेसँगै उक्त तालिम केन्द्रलाई थप आधुनिक तथा सुविधा सम्पन्न बनाउँदै लगेको छ । उक्त तालिम केन्द्रको क्षमता विस्तार गरी विशिष्टिकृत तालिमसँगै विशेष अनुसन्धान तथा अध्ययन केन्द्र ‘सेन्टर फर एक्सिलेन्स’ को अवधारणाअनुरूप विस्तार गरिएको सेनाले जनाएको छ । वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रमार्फत शान्ति स्थापनार्थ खटिने नेपालीलगायत विदेशी सैनिकलाई समेत तालिम दिइँदै आइएको छ । हालसम्म पाँचखालबाट एक हजार ४८२ जना विदेशी सैनिकले विशिष्टीकृत तालिम लिई युद्धग्रस्त क्षेत्रमा खटिएका छन् ।

वीरेन्द्र सैनिक तालिम केन्द्रलाई पूर्व तैनाथी तालिमको साथै अनुसन्धान केन्द्रको रूपमा विकास गरी शान्ति सेनामा जाने विदेशी सेनालाई समेत विशेष खालको (मिसनअनुसार) प्रि–डिप्लोयमेन्ट ट्रेनिङ सञ्चालन गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । 

सन् १९८६ मा सेनाले शान्ति मिसनमा जाने सेनाको प्रि–डिप्लोयमेन्ट (पूर्व तैनाथी) का लागि काभ्रेको पञ्चकालीमा ‘शान्ति सुरक्षा प्रशिक्षण शिविर’ का रूपमा यो केन्द्र स्थापना भएको थियो । सन् २००० मा सो शिविरलाई विस्तार गरी वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रमा रूपान्तरण गरिएको हो । विश्व शान्तिमा पु¥याएको योगदान र हासिल गरेको अनुभवलाई केन्द्रमा राखेर वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्रलाई अध्ययन तथा अनुसन्धान सहितको विशेष केन्द्र अर्थात् ‘सेन्टर फर एक्सिलेन्स’ रूपमा सेनाले विकास गर्न चाहेको देखिन्छ । 

राष्ट्रनिर्माणमा नेपाली सेना 

नेपाली सेना देशको भौगोलिक अखण्डता, सार्वभौमिकताको रक्षा र राष्ट्रिय सुरक्षाको महìवपूर्ण जिम्मेवारीसँगै राष्ट्रको समग्र विकासका लागि  अहोरात्र खटिँदै आएको छ ।

राष्ट्रिय गौरवको तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा सेनाको व्यवस्थापकीय कुशलता अर्को उदाहरण हो । सन् २०८१ सम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त मार्गको २२ प्रतिशत निर्माण पूरा भएको छ । राष्ट्रिय गौरवका आयोजना सुरु हुने र निर्माण सम्पन्न हुन दशकौँ लाग्ने गरेको तीतो यथार्थ छ । सबैबाट साथ र सहयोग पायो भने सेनाले उक्त गौरवको आयोजना तोकिएको समयमै सम्पन्न गर्ने अठोट लिएको छ । 

भौगोलिक रूपमा विकट जिल्लालाई सडक सञ्जालमा जोड्न नेपाली सेनाले बषाैँदेखि देखाउँदै आएको अग्रसरता आफैँमा महत्वपूर्ण छ । नेपालको पुरानो कान्ति राजमार्ग, चक्रमार्ग त्रिशूली–सोमदाङ सडक, कटारी–ओखलढुङ्गा सडक, खोडपे–बझाङ सडक, कर्णाली राजमार्ग, सुर्खेत–जाजरकोट सडक, बेनी–मुस्ताङ सडक, कैनडाँडा–चौरजहारी सडक, मुसीकोट सडक, मनाङ सडक सेनाले तयार गरिसकेको छ । 

नेपाली सेनाद्वारा निर्माणाधीन चीनको कोरला नाकासम्म जोड्ने कालीगण्डकी करिडोर, धादिङको बेनीघाट हुँदै गोरखाको आरुघाटबाट तिब्बतको सीमा लार्के भन्ज्याङ जोड्ने सडकको झन्डै तीस प्रतिशत काम पूरा भएको छ । यी दुई सडक सञ्जाल सञ्चालनमा आए चीनसँग नेपालका चारवटा सडक सञ्जाल जोडिने छन् । सेनाले निर्माण गरेका यी सडकले मुलुको मुहार फेर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । 

विकास निर्माणका साथै राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेसन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सेनाको भूमिका प्रशंसनीय ।

पारदर्शिता 

प्रधानसेनापति प्रभुराम शर्माले गत हप्ता सम्पन्न भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनाका हरेक निकायले पारदर्शिता अपनाउन निर्देशन दिनुभएको छ । पारदर्शिता र निष्पक्षतामा सम्झौता नगर्ने सेनापति शर्माको भनाइलाई सेनाका पछिल्ला क्रियाकलापले समेत पुष्टि गरेका छन् । अनियमितता विरुद्ध शून्य सहनशीलता अपनाउँदै सेनाले उपरथी प्रेम शाहीविरुद्ध अनुसन्धान सुरु गरेको छ । नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्ने जङ्गी अड्डाको प्रयास र सेनापति शर्मा आफैँ फिल्डमा पुगेरै गरिरहेको अनुगमन, निरीक्षण तथा मातहतका निकायलाई निरन्तर दिँदै आउनुभएको निर्देशन आफैँमा अनुकरणीय छ । 

संविधानमा उल्लेख भएको सङ्घीय संरचनाअनुसार सेनापति शर्माले नेपाली सेनाका पृतना मुख्यालयलाई प्रभावकारी बनाउन गरेको प्रयास लोकतान्त्रिक व्यवस्थाका लागि अर्को कोसेढुङ्गा हो । जनताको आशा र भरोसाको केन्द्र बन्न सफल नेपाली सेनालाई विभिन्न विवादमा जोड्ने र विवादित बनाउने प्रयास बेलाबखत हुँदै आएको छ, तर आफ्नो लक्ष्यमा ऊ अडिग छ । सायद संविधानको रक्षा र पालनामा दृढ संस्था भनेको नेपाली सेना मात्रै होला !