• ७ वैशाख २०८१, शुक्रबार

ओलाङचुङगाेलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

blog

फुङ्लिङ, फागुन   १ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगाेलामा केन्द्रबिन्दु बनाएर आज बिहान  भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगाेला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  ताप्लेजुङ र आसपासका जिल्लामा समेत भूकम्पको महसुस गरिएको थियो । 

ओलाङचुङगाेलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो । ओलाङचुङगाेलालाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो  ।