• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिक दलको सहकार्य

blog

गएको सङ्घीय निर्वाचनपछि लामो समयको मौनता तथा कटुता तोडेर देशका मुख्य दुई वाम शक्तिको सहकार्यमा संयुक्त सरकार बनेको छ । धेरै दलको सहभागिता भएकाले शक्ति सन्तुलन र आन्तरिक व्यवस्थापन केही असहज देखिनु स्वाभाविक हो । यद्यपि निकट भविष्यमा पुनः वाम एकता हुनुपर्ने अथवा वाम सहकार्य रहनुपर्ने भन्नेमा अधिकांश शुभेच्छुक आशावादी रहेका देखिन्छन् । सरकार अथवा संसद्बाट समेत बाहिर रहेका वाम विचारधाराका अरू पनि केही दल छन् । उनीहरूसमेत कुनै न कुनै समय समान सोच भएका वाम शक्तिको सहकार्य वा एकताले मात्र देशलाई स्थायित्व र समृद्धिको पथमा लैजाने विश्वास राख्छन् । 

यसरी आकस्मिक र रफ्तारमा वाम सहकार्यको सरकार बन्दा आमसञ्चारमा नकारात्मक आसय अनि कटाक्षेपले भरिएका शब्दहरूको प्रहार निकै सघन थियो । अरू कसैले, अरूकै उद्देश्यअनुसार दलहरूलाई समीपमा ल्याइदिएको स्वनिर्मित विश्लेषणको आत्मरतिमा पौडन शौखिन विद्वतहरूको पनि सङ्ख्या कम थिएन । त्यस्ता आत्मकेन्द्रित अवैज्ञानिक सङ्कथनलाई छोडेर हेर्दा त्यो सहकार्य एउटा सुखद संयोग थियो । इटालीका मध्यकालीन राजनीतिका विख्यात दार्शनिक एवं चिन्तक मेकियावेली प्रसिद्ध पुस्तक ‘प्रिन्स’मा प्रक्रियाभन्दा पनि परिणामलाई बढी ध्यान दिनुपर्छ भन्नुहुन्छ । प्रक्रियाको प्राक्कथनमा नहराई विमर्श गर्दा सहकार्यको प्रयासले सकारात्मक परिणाम दिन्छ, देशलाई समाजवाद उन्मुख बनाउने आधार ल्याउन सघाउँछ । वर्तमान विश्व राजनीतिले पनि समाजवादी राजनीतिक अभ्यासको प्रवाहलाई नै प्राथमिकतासाथ शिरोपर गरेको छ ।

विश्व आकर्षणमा समाजवाद

उच्च गरिबी, बेरोजगारी र सम्पत्ति एवं स्रोतको अन्यायपूर्ण वितरण भएको अवस्थामा मानिस स्वभावैले पहिले समताको अभ्यास गर्न चाहन्छ । आपूmले पनि उचित स्थान अनि अधिकार पाउनुपर्ने एजेन्डामा समाहित हुन्छ । ती राजनीतिक मुद्दा चाँहि वाम विचारक दलसँग बढी हुन्छन् । उनीहरूको संचारण अभ्याससमेत तीव्र रहन्छ । उत्पीडित, उपेक्षित, पिछडिएका आममानिसको सशक्तीकरणको विषय पनि तीनै दलहरूले उठाउँछन् । पछिल्ला अनुसन्धानले समाजवादी आन्दोलनको अन्तरङ्ग एकदमै छिटो उत्कर्षमा आउने र सुरुवातको पाँच÷१० वर्षमा नै मूल राजनीतिक प्रवाह बन्ने देखिन्छ । 

लेखक स्यामुएल पी हन्टिङ्गटनकृत ‘वेभ्स अफ डेमोक्रेसी’ नामक पुस्तकले सन् १९७० आसपास १० वर्षकै हाराहारीमा संसारभर एकैचोटि लगभग तीन दर्जन बढी देशमा समाजवादी विचारका वाम शक्तिको सशक्त उदय भएको देखाउँछ । हाम्रो देशको राजनीतिक अभ्यास पनि यही प्रवाहमा थियो र छ । आमनागरिकले व्यग्र प्रतीक्षा गरेको स्थिरता अनि समृद्धिको सपना केवल समाजवादको उन्नयनबाट मात्र सम्भव हुन्छ । वाम सहकार्यको सरकारमार्पmत समाजवादी सोचको सम्मिलन हँुदै छ । 

लोककल्याण्कारी राज्य निर्माणमा समाजवादी राजनीतिक अभ्यास अधिक हितकारी र सिद्धहस्त सहयोगी हुने कुरा पश्चिमा लेखकहरूसमेत स्वीर्काछन् । हयान्स हरम्यान होपको ‘डेमोक्रेसी : द गड द्याट फेल्ड’ र डानियल बेलको ‘द चाइना मोडल’ उक्त सत्य सन्देश पैmलाउने सर्वाधिक चर्चित र समसामयिक सन्दर्भ सामग्री हुन् । पुँजीवादी भनिने युरोपियन देशहरूसमेत निःशुल्क शिक्षा, स्वास्थ्यको अभ्यास गर्दैछन् । कतिपय पक्षमा राज्यको अर्थपरक हस्तक्षेप र नियन्त्रण चाहन्छन् । यसरी समाजवादी अभ्यास विश्व राजनीतिकै आकर्षण बन्दै छ । 

अरू देशमा समाजवादी भनिने दल चाहिँ एउटै र प्रजातान्त्रिक दलहरू चाहिँ धेरै हुन्छन् तर हामी अपवाद थियौँ र छौँ । सन् १९२१ तिर नेताद्वय चेन दुहिऊ र ली दह्याजोको अगुवाइमा गठित 

‘कम्युनिस्ट पार्टी अफ चाइना’ आज त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । बिनाविभाजन र दलदल आपूmलाई अनि सिङ्गो देशलाई आश्चर्यचकित रूपमा समृद्ध बनाउँदै छ । देश, काल, परिस्थितिअनुसार बहुआयामिक सुधारको अवलम्वन गर्दै छ । १९३० तिर स्थापित ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ आजसम्म एकाकार छ । उत्तर कोरिया महाशक्तिसम्पन्न अमेरिकालाई चुनौती दिने सामथ्र्य राख्छ । 

समाजवादी सत्ताको अभ्यास गर्ने देशहरूबाट नयाँ विश्व संरचना खडा हँुदै छ । रसियाको मजबुत नेतृत्व, चीनको उदयले समाजवादी शक्तिहरूलाई सशक्त देखाउँदै छ । अति उदारवादी पश्चिमा समाजहरू उष्ण मानवीय विचलन अनि उच्छृङ्खलताले थलिँदैछन्, आर्थिक हिसाबले पनि जर्जर हुँदैछन् । अर्कोतिर बलियो दलमा आधारित बलियो राज्यको अभ्यास समृद्धि र सफल राष्ट्र निर्माणको एक अचुक आधारशीला बन्ने तथ्य समाजवादी देशले प्रमाणित गर्दैछन् ।

पछिल्लो २० वर्षमा चीनले उच्च औद्योगिक वृद्धि ग-यो । ३० वर्षभित्र चीन संसारमा सबै कुरामा नम्बर १ बन्ने अभिप्रायमा काम गर्दै छ । आयातित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अङ्कुश लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दै छ । आधुनिकता र विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिकलगायतका अन्य पक्षसमेत जोडिन्छन्; जसलाई समाजवादी आधुनिकताले राम्ररी अनुसरण गर्दै छ ।

नागरिकमा एकता र देशसँगै सरकारप्रति गहिरो सम्मान छ । सबैमा देशप्रति निष्ठा र समर्पण बढ्दै छ । समृद्ध र सभ्य देश निर्माणमा चीनको नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दैछन् । चीनको जस्तै हामीले पनि नितान्त मौलिक र स्वदेशी प्रारूपको आधुनिकता अनि विकासकोे अभ्यास गर्नुपर्छ । त्यसका लागि समाजवादी विचारधारामा आधारित सर्वमान्य अनि स्थिर राजनीतिक शक्तिप्रधान आवश्यकता हो । वाम विचारका मुख्य दलबीचको सहकार्यको सरकारले यस्तै उत्साहजनक आधार दिन सक्छ । 

उत्साहको आधार

त्यसैले उक्त सहकार्यसँगै अबका प्रतिबद्धता पनि फेरिनुपर्छ । सफल राष्ट्र निर्माण मात्र एक र अन्तिम उद्देश्य बन्नुपर्छ । साँच्चै लोककल्याणकारी अनि उच्च नागरिक हित कायम भएको राज्य स्थापित हुनुपर्छ । विगतको लामो अस्थिरता र सङ्क्रमणले हरेक पेसा, व्यवसायदेखि सार्वजनिक सेवासुविधामा समेत चरम लापर्बाही अनि उग्र स्वेच्छाचारी र निकृष्ट लापर्बाहीको जगजगी छ । यसको निराकरणमा राज्य आक्रामक रूपले प्रस्तुत हुनुपर्छ । बलियो दल अनि बलियो सरकारले मात्र यस्तो आँट गर्न सक्छ । 

भ्रष्टाचारमाथि कठोर बन्ने, अर्थतन्त्र सुधार्न अधिकतम प्रयास गर्ने, सिन्डिकेटलाई निरुत्साहित गर्ने, कर्मचारीतन्त्रलाई जनमुखी बनाउने प्राथमिक प्रतिबद्धताले केही सकारात्मक सङ्केत गरिसकेको छ । व्यक्ति बलियो र राज्य कमजोर हुने अभ्यासले कहिल्यै देशको प्रगति सम्भव हुँदैन । माग्र्यारेट थ्याचरको समयमा बेलायत, फ्रान्कलिन डी रुजभेल्टको नेतृत्वमा अमेरिका, ली क्वानको नेतृत्वमा सिङ्गापुर, महाथिर वीन मोहोमदको नेतृत्वमा मलेसिया, राजा भूमिबोलको नेतृत्वमा थाइल्यान्डमा भएका रोमाञ्चक प्रगतिमा राष्ट्रवादी सोचको सघनता थियो । हामीले पनि राष्ट्रवादी सोचको निर्माण अनि सोहीअनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ । सबै नागरिकले सरकारलाई होस्टेमा हैँसे गर्नुपर्छ । 

वास्तवमा नै समृद्ध अनि सबल देशको निर्माण सुरुवात गर्न पहिले आमप्रगतिशील वाम विचारक दलहरू एक ठाउँमा उभिनुपर्छ । नेपालमा प्रजातन्त्रको अभ्युदय (२००७) आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो । यद्यपि त्यसपछि विराट विरासत बन्नु सट्टा वामहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातल मात्र बन्यो । परिणाम विभिन्न नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टी बन्न पुगे । एउटा मात्र शक्तिशाली समाजवादी पार्टी नै प्रगतिशीलताको एउटै र अपरिवर्तनशील पहिचान हो । सबैको लक्ष्य सिद्धान्त र विचारधारासमेत एउटै भएकाले धेरै दलको आवश्यकता र औचित्य दुवै थिएन र छैन । 

दुई प्रमुख वाम शक्तिबीचको सहकार्यले आम वाम राजनीति नै पुनर्गठित हुने शुभारम्भ गर्न सक्छ । आजको आवश्यकता पनि यही हो । बीसौँ शताब्दीको उत्तरार्धमा लगभग चार दर्जन राष्ट्रमा सफल भएको कम्युनिजम् एक्काईसौँ शताब्दीको सुरुमा आउँदा आधा दर्जनमा खुम्चिएको अवस्थाबाट नेपालको वाम राजनीतिले गम्भीर पाठ सिक्नुपर्छ । जुनसुकै मूल्य र आधारमा वाम सहकार्य र सम्भव भएसम्मको एकता पनि रहनुपर्छ ।

असहजता र अप्ठ्यारा होलान् तर त्यसैका आधारमा सहकार्य भत्काउने हो भने आमनागरिकमा निराशा जाग्नेछ । दलहरूमाथि अविश्वास फेरि बिउँतनेछ, सरकारको स्थायित्व अनि भविष्यमाथि फेरि शङ्काको बादल मडारिनेछ । अहिले बलियो दल र बलियो सरकारले मात्र नागरिकका आशा पूरा गर्न सक्छ । समाजवादी आन्दोलनका अभ्यासलाई सार्थक तुल्याउन सक्छ । पुरानै राजनीतिक बेथितिबाट जोगिएर समृद्धिको सपनामा समाहित हुने बाटो प्रशस्त गर्न अनि आमनागरिकबाट सकरात्मक सहयोगको आशा गर्नसमेत यो वाम सहकार्य अहिलेका लागि सकारात्मक आवश्यकता हो ।