• १३ असोज २०८१, आइतबार

सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

blog

प्रतिनिधि सभा बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधि सभामा पेश गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ २९ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन पेश गर्नुुहुँदै अर्थमन्त्री पौडेलले दुई खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएको बताउनुभएको हो । 

अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झार्नुभयो ।

उहाँले १३ खर्ब ४१ अर्बको राजस्व सङ्कलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । उहाँले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले चालु खर्चमा मिताव्ययिता कायम गरी खर्चलाई पुनः प्राथमिकीकरण गर्ने जानकारी दिनुभयो । उहाँले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८४ करोड १६ लाख र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात् ९३.०५ प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्री पौडेलले गर्नुभएको छ ।