• १२ साउन २०८१, शनिबार

करातेमा पुलिसलाई सर्वाधिक १० स्वर्ण

blog

करातेमा च्याम्पियन पुलिस टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २८ गते । विभागीय टोली नेपाल पुलिस क्लबले कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा सर्वाधिक १० स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार पुलिसकी सुनिता महर्जनले ६८ केजी मुनि तौल समूह र र नवीन रसाइलीले ६७ केजी तौल समूहमा शनिबार स्वर्ण जित्नुभयो । 

ललितपुरको सातदोबाटास्थित कराँते एकेडेमीकोमा भएको प्रतियोगिताको फाइनलमा सुनिताले बागमती प्रदेशकी विनिता श्रेष्ठलाई ९–१ ले हराउनुभयो । नवीन रसाइलीले त्रिभुवन आर्मीका सन्नी चौलागाईंलाई हराउनुभयो । 

५५ केजी तौलमा एपिएफकी मनीषा चौधरीले स्वर्ण पदक जित्नुभयो । फाइनलमा उहाँले वर्षा बुढा मगरलाई ७–५ ले हराउनुभयो । यस्तै ८५ केजी मुनिको तौलमा एपिएफका मोहमद शेखुले स्वर्ण पदक जित्नुभयो । फाइनलमा उहाँले गण्डकी प्रदेशका विशाल थापामगरलाई ३–१ ले हराउनुभयो ।

८४ केजीमा पुलिसका विप्लवलाल श्रेष्ठले एपिएफका तेन्जिङ शेर्पालाई हराउँदै स्वर्ण जित्नुभयो । ७५ केजीको फाइनलमा एपिएफका सुवास घतानीले गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई ६–४ ले हराउनुभयो ।

कूल १७ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले १० स्वर्ण जित्दै च्याम्पियन बन्यो । दोस्रो भएको एपिएफले ६ स्वर्ण र आर्मी क्लबले एक स्वर्ण जित्यो । विजयी खेलाडीलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले पुरस्कार प्रदान गर्नुभयो ।