• ५ जेठ २०८१, शनिबार

अफगानिस्तानमा आठ सय युवा राष्ट्रिय सेनामा भर्ती

blog

काबुल, माघ २८ गते । अफगानिस्तान आठ सयभन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका आठ सयभन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।

पश्चिमी हेरात प्रान्तको अल–फारुक आर्मी कोर्प्सबाट तीन महिनाको सैन्य प्रशिक्षण पूरा गरेपछि कुल ४८० मुजाहिदीन (पवित्र योद्धा) र काबुल मिलिटरी ट्रेनिङ सेन्टरबाट ३२२ जनालाई केही दिनअघि राष्ट्रिय सेनामा भर्ती गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानले आफ्नो सिमानाको रक्षा गर्न एक लाख ५० हजार सशक्त राष्ट्रिय सेना निर्माण गर्ने योजना बनाएको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खवराज्मीले बताएका छन् । रासस/सिन्ह्वा