सामान्यतया विपरीत लिङ्गीप्रति आकर्षणको सशक्त अनुरागलाई प्रेम भनेर परिभाषित गरिएको पाइन्छ । प्रेमलाई दार्शनिक, कवि तथा मनोवैज्ञानिकहरूले आदिकालदेखि नै परिभाषित गर्दै आएका छन् । मानवमा प्रेम भावना अन्तर्निहित छ । मानवमा मात्र होइन, सम्पूर्ण प्राणी जगत्मा प्रेम विद्यमान छ । वसन्त ऋतुमा वृक्षहरू थरीथरीका पुष्पद्वारा आच्छादित भएका हुन्छन् । यसले रमणीय एवं प्रेममय वातावरण सिर्जना हुन्छ । यसो हुनुमा वृक्षको प्रेममय सम्मिलनको (यौनिक) प्रक्रिया हो । चराहरूको कतिपय चिरबिर ध्वनि पनि यौन साथीलाई आकर्षित गर्नु हुन्छ ।
हाम्रा लागि कर्कस लाग्ने भ्यागुताको टर्रटर्र ध्वनि पनि पोथी भ्यागुताको प्रणय मिलनका लागि अतीव आकर्षक स्वर हुन्छ । पोथीसँगको समागमसँगै मृत्युलाई अङ्गीकार गर्ने कीराहरूको पनि प्रेमालापप्रतिको आशक्ति नै हो । यौन साथीलाई प्राप्त गर्न मृत्युसमेतलाई अङ्गीकार गर्न उद्यत हुनुले प्राणीजगत्को प्रेमप्रतिको महा–आशक्तिलाई उजागर गर्दछ तर विकसित मानव सभ्यतामा सामाजिक संरचनाको आधारअनुरूप यसको आवेगलाई मन्द गर्न, रोक्न तथा दबाउन सकिएला तर स्वयंबाट हटाउन सकिँदैन । मानवको क्रम विकास तथा एउटा प्रजातिको निरन्तरताको आधार पनि यही नै हो ।
विज्ञानको दृष्टिमा भने प्रेम केवल मानव शरीरमा प्रवाह हुने केही रासायनिक अणुको एक नृत्य मात्र हो । प्रेमको परिभाषा साहित्यमा मात्रै सीमित नरहेर बृहत् वैज्ञानिक अनुसन्धानको विषय पनि हुन गएको छ । प्रेमलाई शरीरक्रिया विज्ञान, क्रम विकास जीवविज्ञान, रसायनशास्त्र, स्नायु विज्ञानको अध्ययन–अनुसन्धानबाट नवीनतम रूपमा बुझ्न थालिएको छ ।
वैज्ञानिक दृष्टिकोणबाट प्रेम शरीरक्रिया विज्ञानको सामान्य क्रियाकलाप लागे पनि यो मानवको शारीरिक, रासायनिक एवं भावनात्मक उपायद्वारा एउटा प्राणीको प्रजातिलाई क्रियाशील, जीवन्त तथा निरन्तर रूपमा सन्तानोत्पादन गर्नका लागि अभिप्रेरित गर्ने प्रकृतिको अनुपम तथा रमणीय उपहार हो । जवानीको आगमनस“गै हामी प्रेमका लागि एउटा साथी/जीवनसाथी खोज्दै छौँ भन्ने लाग्दछ तर प्रकृतिले आफ्नो महायोजनाअन्तर्गत मानव मस्तिष्कबाट विशेष रसायनको सम्मिश्रणलाई प्रवाह गरेर हामीलाई प्रेममा आशक्त हुन बाध्य पार्दछ । हामी खुसी खुसी प्रकृतिको गुप्त तर प्रेममय योजनाको जालमा फस्न पुग्छौँ र हामीलाई ज्ञान हु“दैन, प्रकृतिले कसरी केही रसायनको ताण्डव नृत्यबाट ‘प्रेमरूपी नृत्य’मा हामीलाई नर्तक/नर्तकीजस्तै नचाइरहेको हुन्छ । प्रेमको प्रारम्भस“गै मानव शरीरमा कस्तो कस्तो शारीरिक तथा रासायनिक परिवर्तन आउँछन्, त्यसको विषयमा केही चर्चा गरौँ ।
मायालुको आँखा जुधाइसँगै हाम्रो मस्तिष्कमा १२ वटा भाग एकसाथ सक्रिय भएर थरीथरीका रसायन तथा हर्मोन प्रवाह गर्न थाल्छन् र केवल शून्य दशमलव दुई सेकेन्डमा नै प्रेमानूभूति हुन जान्छ । प्रेमानुभूति प्रायः अवर्णनीय हुन्छ । प्रेमको आशक्तिमा रक्तिम गाला र लठ्ठ आ“खाहरूभित्र मस्तिष्क र शरीरको बीचमा जटिल रासायनिक प्रतिक्रिया विद्यमान रहन्छन् । मस्तिष्कमा अवस्थित हाइपोथालमसलले यौन हर्मोनहरू टेस्टोस्टेरोन पुरषको अण्डकोषबाट तथा एस्ट्रोजेन नारीको अण्डबाट प्रवाहित गर्न उत्प्रेरित गर्दछ । यी हर्मोनको प्रवाहले यौन चाहना बढ्न थाल्दछ । त्यसैगरी हाइपोथालमसलबाट डोपामिन, अक्सिटोसिन तथा भासोप्रेसिन आदि हर्मोन प्रवाहित हुन थाल्दछ र मस्तिष्कमा विभिन्न प्रकारका परिवर्त आउन थाल्दछन्, जसले गर्दा मस्तिष्कको ‘प्रिफन्टल कर्टेक्स’ क्रियाशील भएर जान्छ र यसले प्रेमानुभूतिबाट ग्रसित भएका व्यक्तिमा विवेक, सोच्ने, बुझ्ने, विश्लेषण गर्ने, सामाजिक मान्यताप्रति सजग हुने, भविष्यप्रति चिन्तित हुने आदिजस्ता क्षमतामा ह्रास भएर जान्छ ।
प्रेममा ग्रसित मानव प्रेममा मात्र आल्हादित हुन पुग्छ । सामाजिक परिवेशलाई तोड्न खोज्छ । माता, पिता, आफन्त, साथीहरूको सल्लाह सुझाव आदिलाई लत्याउँदै आफ्नो प्रेमी÷प्रेमिकाको कुरालाई मात्र सुन्छ । उसमा विद्यामान दुर्गुणलाई पनि सकारात्मक रूपमा व्याख्या गर्न थाल्दछ । टेस्टोस्टेरोन तथा एस्ट्रोजेनको प्रभावसँगै प्रवल यौन चाहना बढ्न गएर मुटुको धड्कन बढ्न जान्छ, बेचैनीको अनुभूति हुन थाल्दछ र भोक, प्यास हराउ“दै जान्छ । हाम्रा पञ्च इन्द्रियहरू नै यस प्रक्रियामा क्रियाशील हुन थाल्दछन् ।
यस क्रममा हाम्रो शरीरमा डोपामिन, अक्सिटोसिन, एड्रेनलिन तथा भ्यासोप्रेसिनजस्ता रसायनको प्रवाह हुनुका साथै मस्तिष्कमा अन्य जटिल प्रक्रियाको प्रारम्भ भएर रसायन तथा शारीरिक प्रक्रियाको संयोजनबाट शरीरमा ‘प्रेम औषधि’को निर्माण भएर मानव ‘प्रेम रोग’बाट ग्रसित हुन पुग्दछ । मानव जब यौवनावस्थामा पुग्दछ, तब यौन साथीको चाहना हुन थाल्दछ । उसमा अन्तर्निहित प्राकृतिक शक्ति अर्थात् ‘क्रमविकास शक्ति’ क्रियाशील हुन पुग्छ ।
यौन साथी खोज्ने क्रममा उसले बढीभन्दा बढी सफल, राम्रो/राम्री, सक्षम र आफूसरह साथी खोज्नमा प्राथमिकता दिन्छ । मानव जति राम्रो, आकर्षक, सक्षम हुन्छ उसमा असल र सक्षम पैत्रिक गुण अर्थात् जीनहरू विद्यमान हुन्छन्, जसले गर्दा सन्तानमा पनि यी गुण पुग्न जान्छन् । परिणामस्वरूप सन्तानमा पनि बा“च्न सक्ने र जीवनमा राम्रो अवसर प्राप्त गर्न सक्ने सम्भावना बढेर जान्छ । रोमान्टिक प्रेममा मस्तिष्कमा तीन प्रकारका प्रणाली क्रियाशील रहन्छन्– यौन चाहना, प्रेम तथा आशक्ति । यौन चाहनाले मानवलाई थरीथरीका यौन साथीको खोजीका लागि अभिप्रेरित गर्दछ भने प्रेमले कुनै व्यक्तिविशेषस“ग यौन सम्पर्कका लागि लक्षित रहनमा सहयोग पु¥याउ“छ । आशक्तिले आफ्नो यौन साथीलाई कम्तीमा बच्चा जन्माउञ्जेलसम्मका लागि स“गै बस्ने अभिप्रेरणा तथा सहनशीलता प्रदान गर्दछ । मानव प्रेमरोगबाट ग्रसित हुन तीनवटा अवस्थालाई पार गर्नुपर्दछ । प्रथम अवस्थामा मायालुस“ग आ“खा जुध्नेबित्तिकै मानवमा टेस्टोस्टेरोन तथा इस्ट्रोजेन नामक यौन हर्मोनको श्राव नारी र पुरुष दुवैमा हुन गएर उनीहरूमा वासनाको अनुभूति हुन थाल्दछ ।
दोस्रो अवस्थामा सामान्यतया तीनवटा स्नायु सम्प्रेषक (न्युरोट्रान्समिटर) एड्रेनलिन, डोपामिन तथा सेरोटोनिन नामक रसायनको श्राव रगतमा पुग्दछ । डोपामिन मस्तिष्क तथा एडरेनल ग्रन्थीबाट श्रावित हुन्छ र यसले रगतमा टेस्टोस्टेरोनको मात्रालाई बढाउ“छ । यस हार्मोनले यौन इच्छालाई वृद्धि गर्नुका साथै प्रेममय कार्यमा बाधा हाल्न खोज्ने प्रतिद्वन्द्वीहरूमाथि जाइलाग्न सक्षम बनाउ“छ । प्रेमको अवस्थामा हर्मोनको प्रभावले गर्दा ‘प्रेम’मा भोक, प्यास हराएर जान्छ, निद्रा पनि एकदम कम लाग्न थाल्दछ र आफ्नो नया“ प्रेमी÷प्रेमिकाका बारेमा घण्टौँसम्म सोचेर बिताउन थाल्दछ । यस अवस्थामा प्रेमी÷प्रेमिकाको तनावप्रतिको संवेदनशीलता बढ्न जान्छ र रगतमा एड्रेनलिन तथा कर्टिसोलको मात्रा बढ्न जानाले शरीरमा पसिना आउने तथा हृदयको ढुकढुकी छिटो छिटो र सशक्त रूपमा हुन थाल्दछ । डोपामिनले प्रेममा आशक्त व्यक्तिमा आनन्दको प्रत्याभूति गरेर इच्छाहरू जागृत गर्दछ । डोपामिनको प्रभावलाई कोकिनको प्रभावस“ग तुलना गरिन्छ । कोकिनको प्रभाव पनि शरीरमा डोपामिनजस्तै हुन्छ ।
सेरोटोनिन प्रेममा आशक्त गराउने सबभन्दा महत्वपूर्ण ‘न्यूरो ट्रान्समिटर’ मानिन्छ । यसको प्रभावले मानव अस्थायी रूपमा ‘प्रेममा पागल’जस्तो हुन थाल्दछ र प्रेमीलाई सदैव आफ्नो प्रियतमा र प्रेमिकालाई प्रियतमको सम्झनाले सताइरहन्छ । यस रसायनले प्रेममा आशक्त व्यक्तिको सोचाइमा नै परिवर्तन ल्याइदिन्छ । भर्खर प्रेमबाट प्रभावित भएका व्यक्तिमा आफ्नो जोडीको अवस्थित दुर्गुणलाई पनि विभिन्न तरिकाले सकारात्मक रूपमा व्याख्या गर्दै उनीहरूको प्रेम तथा पवित्रतालाई बढाइचढाई व्याख्या गर्न थाल्दछन् । उनीहरू आफ्नो सम्बन्ध÷प्रेम अन्यभन्दा पृथक् र विशिष्ट रहेको अनुभूति गर्न थाल्दछन् । यी सबै रासायनिक प्रभावले गर्दा मस्तिष्क तथा अन्य शरीर प्रणालीको बीचमा सङ्केत प्रभावको चक्रजस्तो सिर्जना हुन थाल्दछ । शरीरमा अवस्थित केन्द्रीय स्नायु प्रणाली तथा रक्त प्रवाहमा समुपस्थित न्यूरोट्रान्समिटरले संयुक्त रूपमा शरीरका विभिन्न अङ्ग जस्तै छाला, यौनाङ्ग तथा अन्य प्रेमस“ग सम्बन्धित अङ्गमा रासायनिक सङ्केतहरू प्रवाह गर्न थाल्दछन् । यी ‘प्रेममय’ सङ्केतले यी अङ्गमा आनन्दको प्रवाह हुन थाल्दछ र यो आनन्दमय सङ्केतलाई ती अङ्गले पुनः मस्तिष्कमा पु¥याउ“छन् र मस्तिष्कले अझै यसभन्दा बढी आनन्दका लागि यौनाङ्गजस्ता अङ्गमा सङ्केतहरू पुनः प्रवाह गर्न थाल्दछ । यसरी उत्तेजना तथा आनन्दमा बढोत्तरी हु“दै जान्छ, जसले गर्दा शरीरमा एक प्रकारको ‘चक्र प्रणाली’को निर्माण हुन जान्छ ।
यी सबै रासायनिक प्रतिक्रियाले गर्दा प्रेममा आशक्त व्यक्ति प्रेमको तेस्रो अवस्था अर्थात् पारस्परिक रूपमा जोडी बनाउने अवस्थामा प्रवेश गर्दछ । यस अवस्थाले युगल जोडीलाई लामो समयसम्म ‘प्रेम बन्धन’मा बा“धिन प्रेरित गर्दछ र यसले उनीहरूलाई बच्चा जन्माएर हुर्काउन पनि सहयोग गर्छ । तथापि यो आकर्षण–बन्धन सदाका लागि हु“दैन । यसरी पारस्परिक आशक्तिका लागि दुईवटा हर्मोन अक्सिटोसिन तथा भ्यासोडेसिन नामक हर्मोनको प्रमुख हात रहेको हुन्छ ।
अक्सिटोसिन हर्मोन एउटा सशक्त हर्मोन हो; जुन नारी र पुरुषको मिलनको समयमा प्रवाह हुन्छ । यो हार्मोन हाइपोथालमस ग्रन्थीबाट बच्चा जन्मिँदा उत्पन्न हुन्छ । यसले आमाको स्तनमा दूध उत्पादन गर्न तथा आमा र बच्चाको बीचमा पनि एउटा सशक्त बन्धन बनाउनमा सहयोग पु-याउँछ । एउटा जोडीले जति बढी सम्भोग गर्छन्, त्यति नै उनीहरूबीचको बन्धन वा प्रेम पनि गहिरो हु“दै जान्छ तर अक्सिटोसिनले पारस्परिक रूपमा प्रेममय बन्धनको मात्र निर्माण गर्दैन, यसको नकारात्मक प्रभाव पनि जोडीहरूमा उत्पन्न हुने गर्छ । यस हर्मोनले आनन्द र प्रेम मात्र प्रवाह गर्दैन, अन्य सामाजिक भावना जस्तै– ईष्र्या, द्वेष तथा शङ्काजस्ता क्रियाकलापमा पनि बढोत्तरी गर्दछ ।
भ्यासोप्रेसिन पनि लामो समयसम्म प्रेममय बन्धनको निर्माण गर्ने अर्को महìवपूर्ण हार्मोन हो । यो हार्मोन सम्भोगपश्चात् उत्पन्न हुन्छ । यो हार्मोन एक प्रकारको पिसाब कम गराउने हर्मोन हो; जसले मिर्गौलासँगै सहकार्य गरेर प्यासलाई नियन्त्रण गरिरहेको हुन्छ ।
यसरी मस्तिष्कले विभिन्न अङ्गस“ग मिलेर उत्पन्न गर्ने थरीथरीका हार्मोनहरूले यौन साथीका रूपमा मन पर्ने व्यक्तिस“गको नजर जुधाइस“गै उसलाई यौन सम्पर्कका लागि आतुर बनाएर बच्चासम्म जन्माउनका लागि बाध्य बनाउ“छ र हामीहरू यिनै ‘प्रेम हार्मोन’को प्रवाहस“गै प्रेम र विरहमा रमाइरहेका हुन्छौँ ।
जे होस्, प्रेमले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पारिरहेको हुन्छ । प्रेमको सकारात्मक प्रभाव युवामा मात्र होइन, प्रजनन उमेर पुगिसकेका व्यक्तिमा पनि यसको बृहत्तर सकारात्मक प्रभाव देखिन्छ । प्रेमले गर्दा मानव आशावादी तथा ऊर्जाशील हुने, सकारात्मक भावनाको प्रादुर्भाव तथा एकाग्रता उत्पन्न भई जीवनलाई सहज रूपमा अगाडि बढाउन प्रेरणा मिल्ने गर्दछ । नियमित रूपमा समागममा चरमोत्कर्षमा पुग्ने व्यक्तिको रक्तचाप सामान्य रहने, दीर्घजीवी हुने तथा हृदय रोगहरू न्यून हुने अनुसन्धानले देखाएको छ । पे्रमानूभूतिमा मानव शरीरमा जेजस्ता परिवर्तन र प्रभाव देखिए पनि प्रेमका केही सामान्य रासायनिक समीकरण छन्–
डोपामिन+सेरोटोनिन+अक्सिटोसिन = प्रेम ।
प्रेममा सफलता, आनन्द मात्र विद्यमान रहँदैन, असफलताको पनि त्यत्तिकै सम्भावना रहन्छ । असफल प्रेममा घृणा, क्रोध, तनाव, घोर निराशा आदिको पनि प्रादुर्भाव हुन सक्दछ । तसर्थ प्रेममा संयम तथा धीरताको अत्यधिक आवश्यकता रहन्छ । सबैमा सफल तथा सुखद प्रेम दिवस !