• ११ मंसिर २०८१, मङ्गलबार

इयुद्वारा भूकम्प प्रभावित टर्कीका लागि ३६ उद्धार टोली परिचालन

blog

ब्रसेल्स, माघ २६ गते । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवम् इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा  बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् । भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताउनु भएको छ ।

टोलीमा करिब एक हजार पाँच सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ । इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएको उहाँले बताउनु भएको छ । सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि तुर्किएले  इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ । यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो । स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी सहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ । रासस/सिन्ह्वा