• १६ चैत २०८०, शुक्रबार

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

blog

काठमाडौँ,  माघ  २२ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।  

पूर्वअर्थ सचिवसमेत रहनुभएका राणाको उपचारको क्रममा ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।