• ४ वैशाख २०८१, मङ्गलबार

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबीच भेटवार्ता । तस्बिर : रासस

काठमाडौं, माघ १६ गते । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले आज मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।

पराराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र आपसी हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा अमेरिकाबाट प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।