• ११ वैशाख २०८१, मङ्गलबार

सामाजिक सुरक्षा भत्ता वितरण गर्न शिविर

blog

शिविरमा भत्ता वितरण गर्दै बैंक कर्मचारी । तस्बिर : मीना कँडेल

मिना कंडेल

कावासोती, माघ १६ गते । पूर्वी नवलपरासीकोे मध्यबिन्दु नगरपालिकामा सञ्चालित सामाजिक सुरक्षा भत्ता वितरणको शिविरबाट एक हजार पाँचसय लाभग्राही लाभान्वित भएका छन् । 

बैंक पुग्न घण्टौँ लाग्ने समस्यालाई दृष्टिगत गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको सिटिजन्स बैङ्क कोल्हुवा शाखा प्रबन्धक हरिप्रसाद अधिकारीले बताउनुभयो । 

बैंकमा आउन नसक्ने अपाङ्ग, अशक्त, बिरामी, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै गई भत्ता वितरण गरिएको छ । मध्यबिन्दु नगरपालिका १, २, ३, ४ वडाका करिब एक हजार पाँचसय लाभग्राही शिविरमार्फत लाभान्वित भएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन हुने भत्ता लिनका लागि पूरा दिन बिताउनुपर्ने, अटो चढेर बैंकसम्म आउँदा खर्च धेरै लाग्ने भएकाले शिविर सञ्चालन गरी लाभग्राहिलाई सहज र छिटो भत्ता वितरण गरिएको उहाँले बताउनुभयो ।

मध्यविन्दु वडा २ चनौलीका ७२ वर्षीया मनकुमारी महतो घर आँगनमै भत्ता पाएपछि खुसी लागेको बताउनुभयो । “उमेर ढल्किसकेको र बैक जान टाढा हुँदा गाह्रो भएको थियो, घरमा नै आएर वितरण गर्दा खुसी छु” उहाँले भन्नुभयो ।

“जनताका समस्या अब पालिकाले बैंकसँग सहकार्य गरी समाधान गर्छ” उहाँले सामाजिक काम गर्न व्यवस्थित हुनेगरी पालिकाभित्र रहेका सवै वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।