• ११ मंसिर २०८१, मङ्गलबार

आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाइने

blog

नवीन सुवेदी 

सुर्खेत, माघ १४ गते । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रबर्द्धन तथा विकास गर्न पहल गर्ने बताउनुभयो । 

सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । घाइते अपाङ्गता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने तथा पुनर्स्थापना केन्द्र निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।  

सञ्चारमाध्यमको विकासका लागि अभिभावकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवर्द्धन कार्यक्रमका लागि नीति निर्माण गर्ने पत्रकारको भौतिक तथा पेसागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने उहाँको भनाई थियो ।