• ४ जेठ २०८१, शुक्रबार

साँझबाट मौसममा क्रमिक सुधार हुने

blog

काठमाडौँ,  माघ   ११ गते । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली भएको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का  बदली छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनुका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।