• १५ वैशाख २०८१, शनिबार

बाजुरा भूकम्प : चार घर भत्किए

blog

भूकम्पले बाजुराको बडिमालिकामा भत्केकको घर । तस्बिर : शिवराज ढुङ्गाना

गोकर्ण दयाल
बैतडी, माघ १० गते ।
 बाजुरामा केन्द्रबिन्दु बनाएर मङ्गलबार दिउँसो गएको भूकम्पका कारण चार घर भत्किएका छन् ।  दिउँसो २ बजेर ४३ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले बाजुराको बडिमालिका नगरपालिकाका–७ र ९ नम्बर वडामा चार वटा घर भत्किएका छन् भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

भूकम्पले घर भत्केको सूचना आएपछि प्रहरीको टोली परिचार गरिएको जानकारी उहाँले दिनुभयो ।

बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, अछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


यो पनि पढ्नुहोस

बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प