• १२ साउन २०८१, शनिबार

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक

फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा । फाइल तस्बिर

काठमाडौं, माघ १० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी फागुन ७, ८ र ९ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यही माघ ९ र १० गते (आइतबार र सोमबार) अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारी जानकारी दिनुभयो । यसैगरी, बैठकले महाधिवेशन प्रतिनिधिसम्बन्धी विधानको दफा ३९ मा संशोधन पनि गरेको छ ।

प्रवक्ता अधिकारीका अनुसार आगामी फागुन र चैतमा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारविरुद्ध देशव्यापी जनसङ्घर्ष कार्यक्रम सञ्चालन गर्ने छ ।

दुई दिन चलेको कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौ’ भन्ने सङ्कल्पका साथ सम्पन्न भएको हो ।