गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
भारतीय सहयोगमा संचालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताउनुभयो ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैँ सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गर्नुभयो ।
भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे संचालन र भारतीय एक्जिम बैंकको लगानीमा संचालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो।
हाल निर्माण क्रममा रहेका बालाजु (त्रिशूली सडक र भालुबाङ–बाग्दुलाभीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।