• १३ असोज २०८१, आइतबार

उडिसा भागदौडमा एकको, मृत्यु २० घाइते

blog

नयाँदिल्ली, माघ १ गते । पूर्वी भारतको उडिसा राज्यमा एक धार्मिक पर्वको अवसरमा शनिबार भागदौड हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

ओडिसाको राजधानी सहर भुवनेश्वरबाट २८ किलोमिटर उत्तरमा कटक जिल्लाको एउटा पुलमा भागदौड भएको हो । साँघुरो पुलमा भक्तहरू हिंड्दै गर्दा भएको भागदौडमा एक ५५ वर्षीया महिला भक्तको मृत्यु भएको छ । यस घटनामा परी २० भन्दा बढी घाइते भएका एक अधिकारीले जानकारी दिएका छन् ।

मकर सङ्क्रान्तिको दिन आयोजित रमाइलो मेला हेर्न र स्थानीय मन्दिरमा पूजा गर्न दिउँसो महिला र बालबालिकासहित करिब दुई लाख मानिस भेला भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । रासस/सिन्ह्वा