• २१ वैशाख २०८१, शुक्रबार

विमान दुर्घटना : उद्धारका लागि दुई हेलिकोप्टर परिचालन

blog

पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन । फाइल तस्बिर

गण्डकी, माघ १ गते । पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स) र (एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।

साथै काठमाडौं तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा हुनुहुन्थ्यो भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर हुनुहुन्थ्यो ।

केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग बिहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो ।