• १३ असोज २०८१, आइतबार

‘चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक र विविधतायुक्त नेपाली समाजमा चाडपर्वले नेपाली–नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्‍वास व्यक्त गर्नुभएको छ ।

माघेसङ्क्रान्ति-माघी पर्वका अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस पर्वबाट प्रकृति र संस्कृति संरक्षणका साथै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । विशिष्ट तथा मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यहाँको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महìवपूर्ण योगदान पु-याएको उहाँको धारणा छ ।  

“माघेसङ्क्रान्ति-मकर सङ्क्रान्ति पर्वलाई मद्रलद्रकका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्छन्,” सन्देशमा उल्लेख  छ । 

यस दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मठमन्दिरमा पूजा–अर्चना गरेपश्‍चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ ।