• २३ असार २०८१, आइतबार

सङ्कटालाई आहा–रारा गोल्डकप उपाधि

blog

उपाधि विजेता संकटा टोली ।

काठमाडौं, पुस २३ गते । २२औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको सङ्कटा क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सङ्कटाले  भुटानी यूथ स्पोर्टस् क्लब, अमेरिकालाई अतिरिक्त समयमा ३–२ गोलले हरायो ।

निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको खेलमा अतिरिक्त समयमा सङ्कटाले बाजी मारेको थियो । अतिरिक्त समयमा सङ्कटाका कप्तान सुनिल बलले निर्णायक गोल गर्नुभयो । यसअघि सङ्कटाका लागि सुरज ज्यु ठकुरीले आठौँ र मेसुके ओलुमोउले ३५औँ मिनेटमा गोल गर्नुभएको थियो ।

भुटानी क्लबका लागि रेने सान्टिलोनले ३७औँ र विलिस ग्रिफिथले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । तर अतिरिक्त समयको अन्तिममा सम्हालिन नसकेपछि भुटानी क्लब हार खेप्न बाध्य बन्यो ।

उपाधिसँगै सङ्कटाले १२ लाख रुपियाँ पुरस्कार पायो । उपविजेताले भुटानी क्लबले ६ लाख रुपियाँ पायो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १० टोलीले भाग लिएका थिए ।