• ९ मंसिर २०८१, आइतबार

शुक्रबार चलचित्र : हलमा ‘चिँ मुसी चिँ इभन डेड डिजायर बिलोङ्गिङ’

blog

काठमाडौं, पुस २२ गते । फ्राइडे फिल्मअन्तर्गत ‘चिँ मुसी चिँ इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स  र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठ्ने प्रश्नको जवाफ दिने बताइको छ ।

“हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ”, निर्देशक जेम्सले भन्नुभयो । प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गर्नुभएको छ । “मैले सुनकेशरी नामक हरर फिल्म बनाएँ । यद्यपि,बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्”, अभिनेत्री ऋचा शर्माले भन्नुभयो ।

अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गर्नुभएको छ । “निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु”, अभिनेत्री हमालले भन्नुभयो । अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गर्नुभएको छ । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन  छ ।