• २३ असार २०८१, आइतबार

अङ्क दुरी बढाउँदै आर्सनल

blog

गोल गरेपछि खुशी मनाउँदै आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १७ गते । शीर्षटोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा आफ्नो अग्रता थप बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई उसैको मैदानमा ४–२ गोलले हरायो ।

आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गर्नुभयो । ब्राइटनका काओरु मितोमा र इभान फर्गुसनले एक एक गोल फर्काउनुभयो । आर्सनलले खेलको दोस्रो मिनेटमै साकाको गोलबाट अग्रता लिएको थियो ।

३९औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो । ४७औँ मिनेटमा इडवार्ड एनकेइटाले गोल गर्दै आर्सनको अग्रतालाई थप बलियो बनाउनुभयो । त्यसपछि ६५औँ मिनेटमा ब्राइटनका कोओरु मितोमाले पहिलो गोल फर्काउनुभयो । 

७१औँ मिनेटमा गाब्रिल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता थप फराकिलो बनाउनुभयो । ७७औँ मिनेटमा इभान फर्गुसनले अर्को गोल फर्काए पनि ब्राइटनले हार टार्न सकेन । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई सात अङ्कले पछि पारेको छ ।

आर्सनलको १६ खेलबाट ४३ अङ्क छ । सिटीको ३६ अङ्क छ । पराजित ब्राइटन २४ अङ्कसहित आठौँ स्थानमा छ । शनिबार राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । एजेन्सी