• १३ साउन २०८१, आइतबार

शाहको अनुसन्धानमा नवलपुर अदालतको फैसला माग

blog

नायक पल शाह । फाइल तस्बिर

अमरराज नहर्की 

तनहुँ, पुस १२ गते। बलत्कारको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाहको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ। कलाकार पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ गर्ने दिन सोमबार सो फैसला माग गरिएको हो।

कलाकार शाहको मुद्दाको नवलपुर अदालतले गरेको फैसलाको माग गरिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर  कुँवरले जानकारी दिनुभयो। अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय तोकेको छ। 

नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो। 

न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गर्नु भएको तनहुँ जिल्ला अदालतले जनाएको छ। मुद्दाको अध्ययन गर्दै जाँदा नवलपुर अदालतमा के फैसला हुन्छ त्यो फैसलालाई तनहुँ जिल्ला अदालतमा पटके कामय हुने भन्ने माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकोले माग गरिएको शाहको तर्फबाट बहस गर्नुभएका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो।

नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको सुवेदीले जानकारी दिनुभयो। गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो। 

शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।