• १९ असोज २०८१, शनिबार

व्यक्तिगत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

blog

काठमाडौं, पुस १२ गते । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको बताउनुभयो ।

गृह प्रवक्ता पोखरेलले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ को व्यवस्थाभन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।’’

बहालवाला तथा पूर्व कर्मचारी–सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्रै व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने उहाँले बताउनुभयो ।