• २० वैशाख २०८१, बिहिबार

महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल सिफारिस

blog

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल सिफारिस । फाइल तस्बिर

काठमाडौं, पुस १२ गते । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएकाे छ ।

यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रुपमा काम गर्नुभएको थियो ।