• १९ असोज २०८१, शनिबार

निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी बनाइन्छ : गृहमन्त्री लामिछाने

blog

हदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुहुँदै गृहमन्त्री रवि लामिछाने । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन 

काठमाडौं, पुस ११ गते । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ । 

सोमबार शपथग्रहण पछि पदभार ग्रहण गर्ने क्रममा मन्त्रालयका पदाधिकारी एवम् सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री लामिछानेले सो जानकारी दिनुभएको हो । 

वि.सं. २०७५ साउन ११ गते हत्या गरिएका पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको हो । 

पदभार ग्रहणपछि पहिलो निर्णय सुनाउँदै उहाँले भन्नुभयो, हत्या गरिएका निर्मला पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देश दिन निर्णयार्थ प्रस्तुत गरिएको छ ।”

जनताले ठूलो अपेक्षासहित आफूलाई यस स्थानमा पुर्‍याएको भन्नुहुँदै उहाँले मन्त्रालयमा सबैसँग मित्रवत् सम्बन्ध राखेर सहकार्य गरिने बताउनुभयो । नागरिक एकचोटि प्रहरीसमक्ष पुगेपछि मसँग प्रहरी छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो चुनौती रहेको उहाँले भन्नुभयो ।