• १९ असोज २०८१, शनिबार

‘सुकीविरुद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’

blog

याङ्गुन, पुस ११ गते । म्यानमारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेत्री आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।

गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन बिताउँदै आउनुभएको छ ।

नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गर्दै ‘२६ वर्ष’को जेल सजाय सुनाइएको छ ।

“दुवै पक्षले आज अदालतमा अन्तिम बहस गरेका छन्,” सोमबार नाम नबताउने सर्तमा एक जना सरकारी अधिकारीले बताउनुभयो ।

आफू सञ्चारमाध्यमलाई रिपोर्टिङ गर्न अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्ने सर्तमा उहाँले भन्नुभयो, “आगामी शुक्रवार ९३० डिसेम्बर० मा फैसला आउनेछ ।” उहाँले सुकीको स्वास्थ्य राम्रो रहेको पनि बताउनुभयो ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारको ‘कु’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्ता सरकारलाई आग्रह गरेको छ । रासस/एएफपी

यो पनि पढ्नुहोस

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस