• १२ साउन २०८१, शनिबार

येशु ख्रीष्टलाई स्मरण गर्दै 'क्रिसमस डे' मनाइँदै (फोटो फिचर)

blog

काठमाडौं, पुस १० गते । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको वेथलेहेममा जन्मेका थिए ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी  गहतराजको भनाइ छ । मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।