• १९ पुस २०८१, शुक्रबार

नारायणगढ सडक विस्तारविरुद्ध चितवन उद्योग सङ्घले कानुनी उपचार खोज्ने

blog

पत्रकार सम्मेलनमा सहभागी चितवन उद्योग वाणिज्य संघका पदाधिकारी ।

बसन्त पराजुली

भरतपुर, पुस ९ गते। कानुन विपरीत नारायणगढका घर  भत्काइएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनले कानुनी उपचार खोज्ने भएको छ। सङ्घले शनिबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै डिभिजन सडक कार्यालयले कानुन विपरीत घर भत्काएको आरोप लगाएको छ। 

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले सडक कार्यालयले भत्काएका घरको क्षति लागत लिने काम भइरहेको र सोमबारसम्म सरोकार निकायसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो। 

नारायणगढ गोन्द्राङ सडक विस्तार गर्ने क्रममा सडक सीमा भित्र परेको भन्दै नारायणगढका घरमा डोजर चलाइएको थियो। डिभिजन सडक कार्यालय भरतपुरले ती घरमा डोजर लगाएको हो। यो कानुन विपरीत भएको सङ्घको दाबी छ। 

अदालतले तत्काल नभत्काउन दिएको आदेशको पनि सडक कार्यालयले अवज्ञा गरेको आरोप सङ्घको छ।