काठमाडौं, पुस ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सङ्घीय संसद्को सचिवालयमा पुग्नुभएको छ।
सङ्घीय संसद्का सचिव राजेन्द्र फुयाँलका अनुसार ज्येष्ठ सदस्य राणालाई सचिवालयमा महासचिव डा. भरतराज गौतमलगायतले स्वागत गर्नुभएको छ।
उहाँका अनुसार ज्येष्ठ सदस्य जबरालाई स्वागत गर्दै महासचिव गौतमले बिहीबार हुने प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहणको तयारीबारे जानकारी गराउनुभएको छ।
बिहीबार मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरेर दुई सय ७४ जना प्रतिनिधि सभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ । कुल २५७ प्रतिनिधि सभा सदस्य मध्ये ज्येष्ठ सदस्य जबराले राष्ट्रपति समक्ष शपथ ग्रहण गरिसक्नुभएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                