• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

blog

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै संयुक्त गणतन्त्र ताञ्जानियाका राजदूत अनिसा कपुफि म्बेगा । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अरब इमिरेट्स, संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।

मङ्गलबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सी, संयुक्त गणतन्त्र ताञ्जानियाका राजदूत अनिसा कपुफि म्बेगा र गणतन्त्र सर्वियाका राजदूत सिनिसा पवीकले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो। 

राष्ट्रपति भवनका प्रवक्ता सागर आचार्यका अनुसार उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति रहेको थियो।