• १८ कात्तिक २०८१, आइतबार

धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकको मृत्यु, १४ घाइते

blog

धादिङको मलेखु नजिकै एकआपसमा ठोक्किएको यात्रुबाहक बस र माइक्रोबस । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी
धादिङ, पुस ५ गते । 
धादिङको मलेखु नजिकै यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार भइरहेको छ । दुर्घटनामा परी केही यात्रु गम्भीर घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।