• १३ असोज २०८१, आइतबार

फिफाको अनुशासनसम्बन्धी कारबाही

blog

दोहा, मङ्सिर २६ गते । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा दुवै टिमले विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने भएको छ।

सो खेलमा स्पेनी रेफ्री एन्टोनियो माटियुले विश्वकपमा कीर्तिमान १८ पहेँलो कार्ड देखाउनुभएको थियो। सो खेलमा नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले रातो कार्ड पाउनुभयो। फिफाले दुवै टिमलाई कारबाहीको दायरामा ल्याउने बताएको छ। एजेन्सी