• ८ वैशाख २०८१, शनिबार

राज्यले विशेष आर्थिक नीति ल्याउनुपर्छ : महासचिव विप्लव

blog

नारद कोहार

तौलिहवा, मङसिर २३ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्नेे बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको भन्दै महासचिव चन्दले मुलुक आर्थिक संकटतमा फँस्दैगएको बताउनुभयो । पत्रकारसँग कुरा गर्दै नेता चन्दले आफूहरु वैज्ञानिक समाजवादको पक्षमा रहेको बताउनुभयो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै उहाँले त्यसको पहल वर्तमान सरकारसँग पनि जारी राखेको उहाँले बताउनुभयो । 

नेपालमा कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने भन्दै नेता चन्दले देशको हितका लागि सबै दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश  अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको हो  ।