• ७ वैशाख २०८१, शुक्रबार

कतार विश्वकपको विवादास्पद गोल

blog

दोहा, मङ्सिर १८ गते । कतार विश्वकप फुटबल प्रतियोगिताको सबभन्दा विवादास्पद गोल जापानले स्पेनविरुद्ध गरेको दोस्रो गोल रह्यो। सो गोलले सोही समयमा कोस्टारिकाविरुद्ध खेलिरहेको जर्मनीलाई प्रतियोगिताबाटै बिदा ग-यो। 

सो गोलको विवाद चुलिएपछि फिफाले शुक्रबार राति आफ्नो धारणा राखेको छ। खेलको ५१औँ मिनेटमा काउरो मिटोमाले आयो तानाकालाई गोल गर्न पास मिलाइदिने क्रममा बल आउट भइसकेको स्पष्ट देखिएको थियो तर फिफाले बल पूरा रूपमा टच लाइनभन्दा बाहिर नगएको र सो गोलमा भिडियो रिभ्युको निर्णय सही भएको बताएको छ। विश्वकपमा भिडियो रिभ्यु पछिल्लो संस्करणदेखि प्रयोग गरिएको हो। एपी