• १५ चैत २०८०, बिहिबार

२०३ सैनिक शान्ति मिसन प्रस्थान

blog

मिसनमा जाने टोलीको विदाइ गरिँदै । तस्बिर : सैनिक मुख्यालय

काठमाडौं, मंसिर १५ गते । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दुई सय तीन जना नेपाली सैनिक बिहीबार सेन्टर अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ । 

मिसनमा तैनाथ हुन कालीजंग गणका नेपाली शान्ति सैनिकहरू सेनानी रूपक राईको नेतृत्वमा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत संयुक्त राष्ट्र सङ्घको मिसनहरूमा खुट्टिई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।