• १४ वैशाख २०८१, शुक्रबार

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

blog

काठमाडौं, मंसिर १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

गए राति एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको बिहीबार दिउँसो १२:३० बजे निधन भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

स्वर्गीय सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव हुनुभयो । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहनुभएका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन हुनुभयो । सिंह नेपाल ब्याडमिन्टन सङ्घको अध्यक्ष समेत रहनुभयो ।

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उहाँको छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने श्रेष्ठले बताउनुभयो । स्वर्गीय सिंहको श्रीमती र एक छोरी हुनुहुन्छ ।