• १५ चैत २०८०, बिहिबार

इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

blog

रोम, मङ्सिर १५ गते । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरूको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो ।

बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरू बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरू अस्पताल हुने दर पनि बढेको देखिएको छ ।

यहाँको अस्पतालहरूको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरूले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्ना दर बढेको देखिएको हो ।

यहाँका मानिसहरू अस्पतालको पनि आइसियुमा भर्ना हुने गरेका छन् । यो सङ्ख्या पनि अघिल्लो हप्ताका तुलनामा नौ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अस्पतालहरूमा यसरी वृद्धि भएका सङ्क्रमितहरूमध्ये खोप नलगाएका मानिस धेरै रहेका छन् । कोभिडको खोप लगाएका व्यक्तिका तुलनामा नलगाएका मानिस धेरै अस्पताल भर्ना भएका पाइएको र यो सङ्ख्या ३० प्रतिशत रहेको छ ।

यहाँ कोभिडको खोप लगाएका नागरिकभन्दा खोप नलगाएका नागरिक अस्पताल भर्ना हुने दर ३० प्रतिशत रहेको देखिएको ती स्वास्थ्य संस्था तथा अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा