काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।
सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।
एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। 
तस्बिर : सुजन गुरुङ्ग













 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                