• ८ वैशाख २०८१, शनिबार

दक्षिण एसियाली टेबल टेनिसको तयारी

blog

दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर १३ गते । दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिता मङ्सिर २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाल जुटेको आयोजक अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द राजवैद्यले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घले जानकारी दिएको छ । सहभागिताका लागि भुटानसँग छलफल भइरहेको सङ्घले जनाएको छ ।

प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहनेछ । लिग कम नकआउट आधारमा खेलाइने यस प्रतियोगिताबाट पाँच पाँच जना पुरुष र महिला खेलाडी एसियन छनोट च्याम्पियनसिपमा सहभागी हुनेछन् । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे तथा महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगरले प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।