• ८ वैशाख २०८१, शनिबार

बेल्जियमलाई मोरोक्कोको धक्का

blog

समूह ‘एफ’ को खेलमा प्रतिस्पर्धा गर्दै बेल्जियम र मोरोक्कोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ११ गते । विश्वकपको उपाधि दावेदार बेल्जियमलाई मोरोक्कोको धक्का लागेको छ । समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २-० गोलले पराजित भयो ।

अल थुमामा स्टेडिमयमा मोरोक्कोलाई जिताउन अब्देलहामिद साविरी र जाकारिया अबौंखललले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । साविरीले ७३औं मिनेटमा गोल मोरोक्कोको उत्साह जगाउनुभयो ।

त्यसपछि जाकारियाले इन्जुरी समयमा हाकिम जियाचको पासमा गोल गर्दै मोरोक्कोलाई जिताउनुभयो । यता ६६ प्रतिशत बल पोसेसन राखेपनि  बेल्जियमले मोरोक्कोको रक्षापंक्ति तोड्न नसक्दा हार खेप्यो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको मोरोक्को समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको बेल्जियम तीन अंकसहित दोस्रो स्थानमा छ ।

एक अंक बनाएको क्रोएसिया तेस्रो स्थानमा छ । अंकविहिन क्यानडा अन्तिममा छ । आजै (आइतबार) राति ९:४५ बजे क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी