• ८ वैशाख २०८१, शनिबार

युवा माझ लोकप्रिय बन्दै ‘पम्प ट्रयाक’

blog

ललितपुर, मङ्सिर १२ गते । ‘पम्प फर पिस’ नाराका लिएर ललितपुर महानगरपालिका वडा नं. कुपण्डोलस्थित बागमती नदी किनारमा पम्प ट्रयाक निर्माण गरिएको छ ।

नेपालमा पनि पहिलो पटक बिना शुल्कको पम्प ट्रयाकको निर्माण भएको हो । पम्प र्‍याम्प भेलुसोलुसन नामक अन्तर्राष्ट्रिय संस्थाले सो निर्माण गरेको हो ।  

सो संस्थाले दक्षिण अफ्रिकादेखि दक्षिण अमेरिकाका अल्पविकसित देशमा पम्प ट्रयाकह निर्माण गर्दै आएको छ । यो संस्थाले विश्वभरका अल्पविकसित देशका समुदायमा साइकल चलाउन पहुँचयोग्य बनाउन सुविधा निर्माण गर्ने लक्ष्य राखेको छ ।

कुपण्डोलको निर्माण ट्रयाक १० दिनमा सकिएको थियो । नेपालमा पहिला पनि यस्ता ट्रयाक बनिसकेका भए पनि सर्वसाधारणको पहुँचमा थिएन भने केही शुल्क तिर्नुपर्ने पनि थियो । 

तर हाल बनेको ट्रयाक भने सर्वसाधारणले निःशुल्क उपभोग गर्न पाउने हिमालय राइडर्सका सदस्य अजय राणाले बताउनु भयो । विशेष गरी युवा पुस्तालाई लक्षित गरिएको भए पनि निर्माणपश्चात् अभिभावकहरूले आफ्ना बच्चालाई लिएर आएको अनुभव उहाँले सुनाउनु भयो । 

पार्कको क्षमता भन्दा बढी युवा आइरहेको अवस्थामा आलो पालो गरी खेलेको देख्दा यस पम्प ट्रयाकले युवाबीचमा सदभावको विकास हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।