• १६ चैत २०८०, शुक्रबार

आर्मी ‘ए’ च्याम्पियन

blog

त्रि–एड्भेन्चरको उपाधिसहित आर्मी ‘ए’ टोली । तस्बिर : सैनिक मुख्यालय

काठमाडौं, मंसिर ९ गते । पाँचौँ संस्करणको कोएस इन्टरनेशनर त्रि–एड्भेन्चरको उपाधि आयोजक त्रिभुवन आर्मी क्लब ‘ए’ टोलीले जितेको छ । धादिङको बैरेनीदेखि चरौदीसम्म शुक्रबार भएको प्रतियोगितामा आर्मीकै ‘बी’ टोली दोस्रो र सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो भयो ।

प्याडल नेपाल तेस्रो र ट्रायथलन धरान तेस्रो भयो । विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपियाँ पुरस्कार पाए । चौथो भएको प्इाडल नेपालले २० लाख हजार र तेस्रो भएको धरानले १० हजार रुपियाँ पुरस्कार पायो । सर्वोत्कृष्ट टोलीको पुरस्कार एफसीसी रेसिङ टोलीले जित्यो । 

प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साईक्लिङ्ग र ११ किमी र्‍याफटिङ्ग गरी तीन स्पर्धा समावेश थियो । प्रतियोगितामा भारतको दुई, बेलायतको एक र नेपालमा बस्दै आएका विदेशीहरूसहित २० टोलीका ८० खेलाडीको सहभागिता रहेको थियो । सर्वोत्कृष्ट टोलीको पुरस्कार एफसीसी रेसिङ टोलीले जित्यो । विजेतालाई रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।