• १ जेठ २०८१, मङ्गलबार

सर्लाही ३ मा एमालेका उप्रेती विजयी

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर ९ गते । सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का हरि उप्रेती निर्वाचित हुनुभएको छ । 

सत्ता गठबन्धनका साझा उम्मेदवारलाई नरेन्द्र साह कलवारलाई ७७० मतले पराजित गर्दै उप्रेती विजयी हुनुभएको हो । एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती ३२ हजार ९३८ मत प्राप्त गरी निर्वाचित हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका साह ३२ हजार १६८ मतमै रोकिनुभयो । 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित उप्रेती संविधान सभा सदस्य हुनुहुन्छ । २०७४ सालमा यो क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर राय यादव निर्वाचित हुनुभएको थियो । क्षेत्र नम्बर ३ को प्रदेश सभातर्फ (क) मा स्वतन्त्र उम्मेदवार जवाहारलाल कुशवाहा र (ख) मा जसपाका सञ्जयकुमार यादव निर्वाचित भई सक्नु भएको छ ।