दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर ९ गते । दाङमा नेकपा माओवादीका इन्द्र जित थारु प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १ (क) बाट माओवादी केन्द्रका थारुले नेकपा एमालेका गङ्गाराम भट्टराईलाई एक हजार सात सय ७५ मतले पछि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
थारुले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गङ्गाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो । थारु लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री हुनुहुन्छ । यसअघि नेकपा एमालेसँग तालमेल गरेर चुनाव जितेका थारु यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।
विजयी भइसकेपछि मतदातालाई धन्यवाद दिँदै दाङ देउखुरीका मतदाता अपेक्षा अनुसारको काम गर्ने बताउनुभयो ।