• ११ मंसिर २०८१, मङ्गलबार

धादिङ क्षेत्र १ प्रदेश २ मा सालिकराम जम्कटेल विजयी

blog

मुरारी अधिकारी
धादिङ, मंसिर ९ गते । धादिङ क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्रका) नेता सालिकराम जम्कटेल विजयी हुनुभएको छ । नेकपा एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतान्तरले पराजित गर्दै जम्कटेल विजयी हुनुभएको हो । 

यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ ।

जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसक्नुभएका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहनु भएको छ ।