• १६ चैत २०८०, शुक्रबार

बर्दिया–१ प्रतिनिधि सभामा सञ्जयकुमार गौतम विजयी

blog

मुकुन्द सुवेदी 

बर्दिया, मङ्सिर ८ गते । बर्दिया–१ प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । गौतमले ३० हजार ६६१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत पाउनुभयो । यस्तै नागारिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहनुभएका विजयी गौतमले यसअघि पनि २ पटक संसदीय यात्रा गरिसक्नुभएको छ । विजयी भएपछि गौतमले जिल्लाको विकास र नीति निर्माणका लागि विशेष भूमिका खेल्ने बताउनुभयो ।

२०७४ सालको निर्वाचनमा उहाँ यसै क्षेत्रबाट विजयी हुनुभएको थियो भने २०७० को निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।