• ११ मंसिर २०८१, मङ्गलबार

गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

blog

गण्डकी, मङ्सिर ८ गते । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङ्जाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ ।

कुल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं  २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित हुनुभएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा एमालेका खगराज अधिकारीको अग्रता छ भने (ख) मा एमालेका वेदबहादुर गुरुङ (श्याम) निर्वाचित हुनुभयो । निर्वाचन क्षेत्र नं २ को (क) र (ख) मा एमालेका भीम कार्की र कांग्रेसका बिन्दुकुमार थापा निर्वाचित हुनुभएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं ३ को (क) मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश (ख) मा एमालेका गणेशमान गुरुङ विजयी हुनुभएको छ ।

तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शङ्कर भण्डारी विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा (क) र (ख) मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी हुनुभएको छ भने क्षेत्र नं २ को (क) मा एमालेका श्यामराजा महत र कांग्रेसका जितप्रकाश आले विजयी हुनुभएको छ ।

बागलुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा (क) र (ख) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख) मा कांग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी हुनुभएको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः कांग्रेसका राजेन्द्र बजगाईं र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा (क) र (ख) मा क्रमशः माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ भने क्षेत्र नं २ को (क) र (ख) मा क्रमशः नेपाल समाजवादीका फणिन्द्र देवकोटा र कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ ।

नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा कांग्रेसका क्रमशः डा शशाङ्क कोइराला विजयी हुनुभएको छ भने विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा (क) र (ख) मा क्रमशः कांग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी हुनुभएको छ । क्षेत्र नं २ को (क) र (ख) मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी हुनुभएको छ ।

लमजुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा (क) मा कांग्रेसका टकराज गुरुङ र (ख) मा भेषबहादुर पौडेल विजयी हुनुभएको छ । यस्तै पर्वतको प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा (क) र (ख) मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी हुनुभएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन, प्रदेशसभा (क) मा कांग्रेसका नम्डु गुरुङ र (ख) मा विकल शेरचन विजयी हुनुभएको छ ।

मनाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा (क) मा कांग्रेसका मुनिन्द्रजङग गुरुङ  र (ख) मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी र (ख) मा रेशमबहादुर जुग्जाली  निर्वाचित हुनुभएको छ ।

स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका राजु थापाको अग्रता छ ।  प्रदेशसभा (क) मा एमालेकी सीता सुन्दास विजयी हुनुभयो भने (ख) मा कांग्रेसका बुद्धिबहादुर राना (कुमार)को अग्रता छ । रासस