• १२ वैशाख २०८१, बुधबार

काठमाडौं क्षेत्र नं. (५ ख) कांग्रेसका खड्का विजयी

blog

काठमाडौं, मङ्सिर ८ गते । काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलालाई पराजित गर्दै खड्का बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।  

खड्का ९ हजार ७३१ मत ल्याएर विजयी हुनुभएको हो ।  उनका प्रतिद्वन्द्वी निरौलाले ८ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै प्रदीप पौडेल विजयी भइसक्नुभएको छ । उहाँले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ ।