• १६ चैत २०८०, शुक्रबार

‘नम्बरी सुन’मा सापकोटा

blog

काठमाडौँ, मङ्सिर ७ गते । चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित हुनुभएको छ । चलचित्र निर्देशक राजु गिरी र निर्माता नारायण खातीले अभिनेत्री सापकोटाले कागजी सम्झौता गर्नुभएको हो ।

चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारी हुनुहुन्छ । आमेश र नम्रता सँगै चलचित्रमा राजाराम पौडेल, सरोज खनाल र स्मृति वलीको पनि अभिनय रहनेछ ।

आगामी माघ २० गतेबाट छायाङ्कन सुरु गर्ने तयारीमा निर्माण टिम छ । 

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दै हुनुहुन्छ । चलचित्रमा सन्तोष श्रेष्ठको सङ्गीत, दिव्य सुवेदीको छायाङ्कन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।